सुरक्षित मातृत्वका लागी छत्रेश्वरी गाउँपालिकामा प्रसुती सेवा केन्द्रको स्थापना
काठमाण्डौं- बैशाख २८,
सल्यानको छत्रेश्वरी गाउँपालिकाले प्रसुती सेवा केन्द्रको स्थापना गरेको छ ।
जयचौर र भोटेचौरमा शुक्रबार भएको छुट्टाछुट्टै कार्यक्रममा प्रसुती सेवा केन्द्रको उद्घाटन गरिएको हो ।
गाउँपालिका अध्यक्ष सन्तोष केसीले उद्घाटनका क्रममा प्रसुती केन्द्र भएकै ठाउँमा सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने आफ्नो सपना रहेको जानकारी गराए ।अध्यक्ष केसीले छत्रेश्वरी गाउँपालिकाको विकासका लागि सवै एकजुट र सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।
प्रसुति केन्द्र स्थापना हुन लागेपछि स्थानियहरुमा खुशि छाएको छ । पहिले गाउँमा कोही बिरामी परेपछि चेकजाँचका लागि दिनभरी हिडेर सदरमुकाम जानुपर्थाे, तर अहिले गाउँघर मै स्वास्थसेवा पाउँदा निकै खुसी भएको स्थानिय देवराज केसीको भनाई छ । उनले भने, सिहंदरवारको अधिकार गाउँगाँउमा आएको अहिले बल्ल महसुस हुन थालेको छ । आम जनताको भावना अनुरुप बिकास निर्माणका कामहरु स्थानीय सरकारले गरे आम जनमानसमा सहयोग पुग्ने उनको विश्वास छ ।
छत्रेश्वरी गाउँपालिकाको वडा नं.४मा पर्ने जयचौर स्वास्थ केन्द्र गाउँपालिका कै बिकट क्षेत्रका रुपमा चिनिन्छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोस केसी, उपाध्यक्ष सिता केसी, स्वास्थ्य शाखा प्रमुख अम्वर कुमार शर्मा र वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।