सुर्खेतको सिम्तामा ७५ प्रतिशत विकासे काम सम्पन्न

  १७ बैशाख २०७६, मंगलवार १७:०१

 दुर्गा वि.सी.

दुर्गा वि।सी।
सुर्खेतको सिम्ता गाउँपालिकाले आर्थिक वर्ष २०७५ को विनियोजित वजेटको ७५ प्रतिशत काम सकाएको छ । सडक,विद्युतीकरण,खानेपानी,शिक्षा,स्वास्थ्य र अन्य विकास निर्माणका पुर्वाधार तर्फको करिव ७५ प्रतिशत काम सकिएको प्रमुख प्रशासकिय अधिकृत जनक वहादुर हमालले जानकारि दिनु भएको छ । साथै बाँकी रहेका कामलाई समेत तिव्रता दिएको छ । गत वर्ष विनीयोजित वजेटको अनुगमनका क्रममा सत प्रतिशत काम भएको र गुणस्तरतालाई समेत ध्यान दिएर अनुगमको पाटोलाई पेचिलो पारेको समेत वताएको छ । जनतासँग सिम्ता गाउँपालिका भन्ने मुल मन्त्र दिएर सिम्ता उज्यालो कार्यक्रम,इन्द्र वि।सी। फाष्ट ट्रयाक,शहिद ऋषी स्मृती चक्रपथ र अन्य गौरवका योजनाहरुको काम समेत दुरुत गतीमा भैरहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के।सीले जानकारि दिनु भएको छ । गाउँपालिकाको आफ्नै निर्माणधिन भवनको फिल्ड देखि अन्य कामकाज समयमै सकिएका छन् । त्यसै गरि कोहि पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहुन भन्ने उदेश्यका साथ नागरिकको स्वास्थ्य उपचारमा समेत गाउँपालका गम्भीर रुपमा लागेको र तेहि अनुरुप उपलब्धी भएको समेत वताएको छ । साथै शैक्षिक सत्रको सुरुमा सवैवालवालीकालाई विद्यालय तह सम्म लिन लागि पढाई महोत्सवसँगै प्रारम्भीक पढाई कक्षालाई महत्व दिएको छ । भर्ना अभियानलाई उत्सवका रुपमा मनाउँदै शैक्षिक सुधारका लागि गाउँपालिकाले निक्कै महत्वपुर्ण कामहरु गरिरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website