सुर्खेतको सिम्ता एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

  १ भाद्र २०७६, आईतवार १०:५०

दुर्गा वि.सी.सुर्खेत सिम्ता,श्रावाण,३२


सुर्खेतको सिम्तामा सिम्ताली एकता समाज नेपालको आयोजनामा एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान कार्याक्रमको आयोजना गरिएको छ । सिम्ता स्तरिय शैक्षिक गोष्ठिमा एसइइमा सर्वोत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यालयबाट ५ जना, नीजी विद्यालयका ८ जना गरि १३ जनालाई विशेष सम्मान गरिएको छ ।

कार्यक्रममा सिम्ताली एकता समाज नेपालका अध्यक्ष सुवास वि।सीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालीका अध्यक्ष कविन्द्र कुमार के।सी प्रमुख अतीथी रहनु भएको थियो । त्यसै गरि विशेष अतीथीमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही,युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार वस्नेत,नेकपाका ऐन वहादुर चन्द,नेपाली काँग्रेसका टेकवहादुर सिं,विद्यार्थी नेता गगण सिं ठकुरी, लगाएतका वक्ताहरुले सिम्ताको शैक्षिक स्तर उन्नतीको लागि सवै एकजुट हुनु पर्ने धारणा राख्नु भएको थियो । त्यसै सिम्ता गाउँपालीका शिक्षक महासंघको समन्वयमा भएको कार्यक्रममा सिशक्षक महासंघ पदाधिकारि,शिक्षा प्रेमी,विद्यालयका प्रधानाध्यापक,अभिभाव,वुद्धिजिवी,जनप्रतिनिधी,प्रध्यापक,शिक्षक संघ संगठन,विद्यालय व्यवस्थापन समिती र सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । सिम्ता शिक्षाको गुणस्तर वढाउनको लागि गाउँपालिकाले सवै भन्दा वढि लगानी शिक्षालाई गरेको छ । विस्तारै शिक्षाको मुहार फेर्ने काम भईरहेको गाउँपालिका अध्यक्ष के।सीले वताउँनु भएको छ । आफ्नो गाउँपालीकामा आएर एसइइ विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरि थप उर्जा प्रदान गर्ने सिम्ताली एकता समाजलाई समेत धन्यवाद दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website