सुर्खेतबाट हुम्लाका लागि उडेर बेपत्ता भएको जहाज बाजुरामा भेटियो
काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको जहाज बाजुराको हिलाचौर भेटिएको छ। चालक दलका दुवै सदस्य सकुशल रहेका छन्।बिहानदेखि सम्पर्कविहीन भएको छ ।
बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा न आउँदा खोजि गरिएको हो । जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।
उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो। पाइलट किरन भट्टराई र को पाइलट आदित्य नेपाली रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो। अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो।