सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु ।

  २९ जेष्ठ २०७६, बुधबार १६:२१

सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पत्रकार नन्द बहादुर गेलाङ्गको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव हुन्। छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ्ग सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका जनाएको छ ।
टिप्पर चालक फरार रहेको प्रहरीले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website