सुर्खेत – हिल्सा दु्रत मार्गको संम्भाव्यता अध्ययन प्रतिवेदन तयार
कर्णाली प्रदेशको लाइफ लाइनको रुपमा रहेकोे सुर्खेत – हिल्सा दु्रत मार्गको संम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ । देशको समृद्घिको कोशेढङ्गा बन्न सक्ने उक्त दु्रत मार्गको प्रतिवेदन चाइना रेलवेय इन्जिनियरिङ यिरयुन कम्पनीले आफ्नै लागानीमा तयार पारी प्रदेश सरकारलाई बुझाएको छ । कर्णालीको समृद्घीको आधार पर्यटकिय र ब्यापारीक महत्व सहित देशको उत्तरी नाका जोड्ने सो सडक खण्ड ४०३ किलोमिटर रहेको छ ।
एक कार्यक्रममा विच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई बुझाइएको सो अध्ययन प्रतिवेदन कार्यान्वयन तर्फ अगाडी बढ्ने कुरामा कर्णाली बासीहरु विश्वस्त रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।
फोटो स्रोत माननिय मन्त्री प्रकाश ज्वाला फेसबुकवाल बाट