सुशासनमा नागरिक सहभागिता परियोजना सल्यानमा सञ्चालन

  १२ जेष्ठ २०७६, आईतवार ११:५१

सुशासनमा नागरिक सहभागिता परियोजना सल्यानमा सञ्चालन भएको छ । जिल्लाका १० वटा स्थानिय तहहरु मध्ये ५ वटा स्थानिय तहहरुमा यस परियोजना सञ्चालन भएको हो । सुशासनको लागी नागरिक र सरकारका बिचमा सहभागितामुलक सम्बन्ध स्थापना गर्ने उद्धेश्यले दलित बिकास समाज सल्यानद्धारा यस परियोजना सञ्चान भएको हो ।


सन् २०२२ सम्म सञ्चालन हुने यस परियोजनाले जिल्लामा सुशासनको क्षेत्रमा काम गर्ने परियोजनाका जिल्ला संयोजक जिएस नेपालीले बताउनुभयो । यूरोपियन यूनियनको आर्थिक सहयोगमा सञ्चालित यस परियोजना सल्यानको सिद्धकुमाख, छत्रेश्वरी, त्रिबेणी, कपुरकोट र कालीमाटी गाउँपालिकामा सञ्चालन भएको हो ।
यसैबिच जिल्ला स्तरीय परियोजना अभिमुखिकरण कार्यक्रम आईतबार खलंगामा सम्पन्न भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website