सूचना प्रविधि दिवस नारा तय
काठमाडौं । सरकारले आगामी वैशाख १९ गते मनाउन लागेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको मूल नारा ‘डिजिटल नेपालः विकास र समृद्धिको आधार’ निर्धारण गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले सो नारा तय गरेको हो ।
मूल समारोह समितिको उक्त बैठकले वैशाख १९ र २० गते सूचना प्र्रविधिसम्बन्धी विविध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । रासस