स्यानीपिपली मेलामा कर्मचारि र राजनैतिक दल विच मैत्रीपुर्ण भलिवल खेल

  २ जेष्ठ २०७६, बिहीबार १९:३६

दुर्गा वि।सी।

सल्यानको बनगाड कुुपिण्डे नगरपालिका वडा १ र ६ को सिमाना आँपखोलि नजिकै स्यानीपिपलीमा लाग्ने परम्परागत मेलाको अवसरमा आज भलिवल खेल आयोजना गरिएको छ । वर्षेनी जेष्ठ २ गतेका दिन लाग्ने उक्त मेलाको अवसर पारेर स्थानीयले सधै झै यस वर्ष पनि खुल्ला पुरुष तथा महिला भलिवल खेल सञ्चालन गरेका छन् । साथै आज नै नगर प्रमुख गोविन्द कुमार पुन,उप प्रमुख मञ्जु यरी,प्रमुख प्रशासकिय हरि के।सिले खेल सञ्चालन गरेर स्थानीयले राम्रो गरेको जनाउनु भएको छ । भलिवल खेलको उद्घाटन सत्रमा बनगाडका राजनैतिक दल र नगरका कर्मचारि विच मैत्रीपुर्ण खेल समेत आयोजना गरिएको थियो । सो मैत्रीपुर्ण भलिवल खेलमा कर्मचारिले राजनैतिक दलका अगुवालाई हराएका छन् ।

मेलाको पहिचान झल्काउने ऐतिहासिक परम्परा वोकेको छेलो हान्ने खेलमा वडा १ वस्नेउराका विकास खड्का छेलो हान्ने खेलमा प्रथम हुनु भएको छ । स्यानीपिपली मेलाको मुख्य आकर्षक केन्द्र विन्दुको रुपमा रहेको छेलो बनगाडको शक्ती पर्दशनीका रुपमा चिनीन्छ । जुन स्थानका युवाले छेलो जित्यो उक्त गाउँमा खुसीयाली मनाउने चलन छ । जस्लाई पुर्खाहरुले वलवानका रुपमा परिभाषित गर्ने गर्दछन् । यो मेला जेष्ठ महिनाको चर्को तापिलो घाममा लाग्ने भएकोले पिपलको रुख छहारिमा लाग्ने गर्दछ । १ दिन सम्म चल्ने मेलामा टाढा टाढाबाट मेला हेर्न र छेलो कस्ले जित्छ भनेर निकै उत्सुकताका साथ स्थानीय मेला खेल्न आउने गर्दछन् । तर केहि समय पछि भने छेलोलाई भन्दा स्थानीय युवाहरु भलिवल खेललाई रोजाईमा पार्ने गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website