हाम्रो त्रिबेणी’ स्थानीय पाठय्क्रम लागु

  १९ जेष्ठ २०७६, आईतवार १९:०३

सल्यानको त्रिबेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारी लागू गरेको छ । दश स्थानीय तह मध्ये जिल्लामा नै पहिलोपटक त्रिबेणी गाउपालिकाले ‘हाम्रो त्रिबेणी’ नामक स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा लागू गरेको हो । यस शैक्षिक सत्रदेखी स्थानिय पाठ्यक्रम लागु गरेको गाउपालिकाले आगामी शैक्षिकसत्र देखी पाठ्यपुस्तक नै लागुगर्ने जनाएको छ ।

पाठ्यभार १०० पूर्णांक रहेको पाठ्यक्रम गाउँपालिकाका ३६ वटै विद्यालयमा लागू गरिएको गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । ‘यो वर्ष हामीले स्थानीय पाठ्यक्रम निर्माण गरेर कक्षा १ देखी ५ सम्म पढाई सञ्चालन सुरु गरिएको छ’ उहाँले भन्नुभयो ‘आउदोँ बर्ष पाठ्यपुस्तक निर्माण गरेर लागू गर्ने योजना छ ।’ यससँगै गाउपालिकाका सबै बिद्यालयमा कालोपाटी बिस्थापन, बिद्यालयको नक्सांकन, बिद्यालयमा निजि स्रोतबाट शिक्षक राख्नुपर्ने अबस्थाको अन्त्य, सबै बिद्यालयमा बालबिकास केन्द्र सञ्चालन लगाएतका कामहरु गरिएको उहाँले बताउनुभयो । मौलिक संस्कार, खेतिपाती, स्थानिय तह, संस्कार र लेखापढी लगाएतका क्षेत्रहरुलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको गाउपालिकाले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website