स्थानिय पर्यटकको आकर्षन बढ्दै गइरहेको हिम दर्शन पार्क रानीकोटमा फुलबारी स्थापना |
सल्यान जिल्लाको आर्कषक केन्द्र बन्दै गएको हिम दर्शन पार्क शारदा नगरपालिका वडा नं. ४ रानीकोटमा सोमबार द्वारीका फुलवारी नामाकरण गरी फुलवारीस्थापना भएको छ ।
नेपाली काग्रेस सल्यानका सचिव तथा नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले पहिलो फुलको बिरुवा रोपी फुलबारी स्थापना कार्यक्रमको शुभारम्भ गर्नभएको थियो । फुलबारी स्थापना कार्यक्रममा बोल्दै भण्डारीले फुलवारी स्थापना कार्यक्रममा आफुलाई निमन्त्रणा गरेर यो अवसर जुराईदिएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । सल्यानको पर्यटन क्षेत्रमा उल्लेख्य भुमिका खेलेको यस पार्कले स्थानिय पर्यटकहरु लाई आर्कषक गरि पार्कमा निमार्ण भएको फुलबारीले पार्कको सुन्दता बढाउने बताउनुभयो । भण्डारीले भन्नुभयो ‘‘समाजमा हुने यस्ता उदाहरणीय कार्यले जो कोहि प्रति उच्च सम्मान रहेने छ” ।
पछिल्लो समय स्थानिय पर्यटकको आर्कषकको केन्द्र विन्दु बन्दै गइरहेको हिम दर्शन सुन्दर दृष्याअवलोकन, पिङ, चिप्लेटी लगाएतका मनोरन्जनात्मक सामाग्रलीले गर्दा पार्कमा दैनिक २ सय जति पर्यटक आईरहेको शारदा नगरपालिका कार्यसमिति सदस्य पुस्पा नेपालीले जानकारी दिनुभयो ।
जय लक्ष्मी मिल ब्यवसायी समिति सल्यानले आयोजना गरेको फुलबारी स्थापना गरेको कार्यक्रममा समितिका अध्यक्ष हुर्मत अधिकारी, वडा नं.५ का सचिव नेत्र बहादुर बुढाथोकी, प्रेस युनियन सल्यानका उपाध्यक्ष राजेश शर्मा ,नेपाल विद्यार्थी संघ सल्यानका उपाध्यक्ष प्रेम नारायाण वि क, मोहन विष्ट, मिल ब्यवासयी समितिका पदाधिकारी, स्थानिय वासी लगाएतको सहभागिता रहेको थियो ।