११ लाखमै निर्माण भयो बनगाड क्याम्पसको सुन्दर भवन

  ७ श्रावण २०७६, मंगलवार १०:२६

दुर्गा वि.सी
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा ६ कालागाउँमा रहेको बनगाड क्याम्पस बनगाड सल्यनको २ महिनामै भवनका काम सम्पन्न भएको छ । वि।सी निमार्ण सेवाका भरत वस्नेतले ११ लाखमै भवन तयार गरि क्याम्पसलाई हस्ताणतरण गर्नु भएको छ । बनगाड कुपिण्डे नगरको आव ०७५।०७६ मा २० लाख विनीयोजित वजेटमा भवनको दोस्रो तला थपको काम टेण्डर आह्वानको प्रतिशपर्धामा ११ लाखमा वि.सी निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । २ महिना मै भवनको काम सम्पन्न भएकोमा नगर प्रमुख गोविन्द कुमार पुनले निर्माण कम्पनीका प्रो पराइटर भरत वस्नेतलाई धन्यवाद दिनु भएको थियो ।

नगरको स्टीमेट र सम्झौता अनुसार गुणस्तरिय काम भएको प्राविधिक प्रतिवेदनले जनाएको छ । नगरका अन्य स्थानमा ३ वर्ष सम्म पनि भवनका काम अलपत्र परेका छन् । तर उक्त भवनको काम दुई महिनामा सम्पन्न गरेकोमा क्याम्पस प्रमुख गणेश चन्दले समेत निर्माण व्यवसायीको प्रसंसा गर्नु भएको छ । अन्य भवनको कामको जिम्मा लगेर पनि हाल सम्म सम्पन्न नगरेका स्थानीयहरुलाई समेत यो कामले लजित पारेको अन्य स्थानीयहरुको भनाई रहेको छ ।

बागाड क्याम्पसको दोस्रो तला थपको काम समयमा सकिएकोमा नगरका कार्यकारि प्रमुख हरि वहादुर खत्रीले समेत यस्ता व्यवसायीलाई प्रोत्साहन गर्नु पर्ने जनाउनु भएको छ । सवैले यस्तै काम गरिदिए नगरको विकासमा टेवा पुग्ने उहाँको दावि छ । थोरै पैसामा थोरै समयमा आफुलाई घाटा भए पनि सुन्दर,राम्रो र गुणस्तरयुक्त काम गर्न सफल युवा निर्माण व्यवसायी वस्नेत यतीवेला वनगाडमा चर्चामा रहेका छन् । विभिन्न विद्यालयको भवनका कामको जिम्मा लगेर घाटा भयो भन्दै निर्माणको जिमा पाएकाले पैसा थपाउने प्रविधीलाई समेत यो कामले लजित पारिदिएको छ । नगरको सम्झौता अनुसार थोरै वजेटमा धेरै राम्रो काम भएको वताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website