११ वटा भरि अक्सिजनको सिलिन्डर सुर्खेत बाट सल्यान ल्याइयो ।

  २२ बैशाख २०७८, बुधबार ०७:२४

सल्यानमा अक्सिजनको अभाव भए पछि जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानले ११ वटा भरि अक्सिजनको सिलिन्डर सुर्खेत बाट सल्यान ल्याएको छ ।

सल्यानमा कोरोना संक्रमनका बिरामी दैनिक रुपमा बढ्दो क्रममा र मृत्यू हुने क्रम बढ्न थाले पछि अक्सिजनको लागि पहल गरी ११ वटा सिलिन्डर सुर्खेत पठाई त्यहाँ बाट रिफिल गरेर ल्याएको स्वास्थ्य सेवा कार्यालय सल्यानका लेखा प्रमुख लभ विक्रम शाहाले बताउनु भयो ।

सुर्खेतमा रिफिल गर्न पठाएपनि त्यहाँ पनि अक्सिजनको अभाव रहेकोमा सारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुर्खेत जिल्लामा प्रमुख जिल्ला अधिकारीको सम्वन्यमा सिलिन्डर रिफिल गरेर सल्यान ल्याउन सफल भएको शाहाले बताउनु भयो ।

अक्सिजन सिलिण्डरको वारेमा नेता भिम प्रकाश शर्मा र प्रकाश ज्वालाले समेत पटक पटक चासो चिन्ता देखाउनु भयको थियो । आजलाई समस्या टरेपनि यसपछिका दिनमा कसरी अक्सिजन पुर्याउने चिन्ता रहेको कार्यालय प्रमुख दशरथ श्रेष्ठले वताउनु भयो ।केही समयपछि अक्सिजन पलान्ट समेत जोडिने श्रेष्ठको भनाइरहेको छ । पलान्ट जडान भयपछि अक्सिजन को समस्या सधैलाई समाधान हुनेछ ।

मिडियामा आए जस्तो प्रदेश सरकारले पहलमा सिलिन्डर आएको नभइ सिलिन्डर स्वास्थ्य सेवा कायालय सल्यानको नै रहेको स्वास्थ्य कार्यालय सल्यानको भनाई रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website