२५औं जनयुद्ध दिवसका अबसरमा नेकपा दार्माको पार्टी कार्यालय उद्घाटन

  १ फाल्गुन २०७६, बिहीबार २१:०१

खबरटक

सल्यान–१, फाल्गुन। २५औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।

विहिबार गाउँपालिकाको वडानं ३ फारुलामा नेकपा दार्माको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । महान जनयुद्ध २४ बर्ष पूरा गरी २५ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा कर्णाली प्रदेश सदस्य निमबहादुर केसी अरुणले जनयुद्धको योगदान स्वरुप नेपालमा संघियता, नयाँ संविधान र समावेशिता प्राप्त गरेको बताउनु भयो । उहाँले जनआन्दोलनमा सहिद, बेपत्ता र घाइते अपाङ्गहरुले देखाएको सपना पुरा गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सदस्यहरु अनन्त प्रसाद शर्मा, चन्द्रबहादुर रावत, पुतला खड्का र भिमलादेवी चन्दको उपस्थिति थियो । नेकपा दार्मा गाउँपालिका अध्यक्ष असविर रावतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website