२ वर्ष अघि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम बन्यो विवादित
दुर्गा वि.सी.
सुर्खेत सिम्ता गाउँपालिका वडा ३ ओख्ले र सल्यान बनगाड कुपिण्डे नगरपालीका वडा ३ काँरागाउँ जोड्ने भेरी नदिमा २ वर्ष अघि निमार्ण सम्पन्न भई सकेको झोलुङ्गे पुलको आज नेपाली काँगे्रसका महामन्त्री तथा पुर्व गृह मन्त्री पुर्णवहादुर खड्काले उद्घाटन गर्नु भएको छ । झोलुङ्गे पुल उद्घाट कार्यक्रमका प्रमुख अतिथी खड्काले आफ्नो पहल र सक्रियातामा पुल निर्माण भएको दावि गरेका थिए ।
२ वर्ष अघि नै निर्माण कार्य सम्पन्न भई उद्घाटन समेत भईसकेको झोलुङ्गे पुलको स्थानीय सरकारलाई व्यवास्था गरि पार्टि कार्यक्रमका रुपमा फेरी उद्घाटन भएकोमा २ स्थानीय तहका प्रमुखले आपती प्रकट गरेका छन् । बनगाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द कुमार पुनले जनतामा भ्रम पैदा गर्न खाजेको वताउँनु भयो । जनप्रतिनीधिलाई थाहै छ ४ वर्ष अघि नेपाल सरकारको तुईन मुक्त अभियानको फलस्वरुप सरकारले नदि र खोलाहरुमा पुल निर्माण गर्ने कामलाई पहिलो प्राथामिकतामा पारेको थियो । तेहि अवसरमा निर्माण भएका पुलहरुलाई मेरो वजेट र पहलमा पुल वनेको कुरा वोल्नु भनेको हास्यईस्पद भएको जनाउनु भएको छ । त्यसै गरि सिम्ता गाउँपालिका प्रमुख कविन्द्र कुमार के.सी.ले जनतामा भ्रम सिर्जना गर्न नेपाली काँग्रेसका महामन्त्री जस्तो व्यक्तिले २ वर्ष अघि नै सञ्चालनमा आएको पुल फेरी उद्घाटन गरेरे विकासका नाममा राजनिती गर्न खोजेको जनाउनु भएको छ ।
स्थानीय सरकारका प्रमुख र वडाका जनप्रतिनीधीहरु समेत उक्त कार्यक्रम प्रति अनभिज्ञता प्रकट गरेका छन् । सिम्ता गाउँपालिका र बनगाड कुपिण्डेका जनप्र्रतिनीधीसँगै अन्य स्थानीयहरुको समेत उपस्थित थिएनन् । नेपाली काँग्रेस शुभ चिन्तक र कार्यकर्ताहरु मात्रै जम्मा भएका थिए । झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सल्यानका पुर्व सभापति धुव्रराज पुरी,पुर्व जिल्ला सचिव एकराज डि.सी,सुर्खेत जिल्ला उपसभापति टेकवहादुर सिंह,खड्क पोख्रेले मन्तव्य दिएको वताएको छ । पुल उद्घाटन कार्यक्रमको अध्यक्ष बनगाड कुपिण्डे नगरपालिका वडा ३ का वडा संयोजक केसव वस्नेत र सञ्चालन मेघलाल पुनले गरेको जनाएको छ । पार्टिको कार्यक्रमलाई विकाससँग जोडर भ्रम पैदा गर्न खोजिएकोमा दुवै स्थानीय तहका जनप्रतिनीले आपती जनाएका छन् । भेरी नदिमा २ सय मिटर लम्बाईको निर्माण कार्य सम्पन्न भएको पुल १ करोड २० लाखमा माना मालिका जेभिले काम सम्पन्न भई सञ्चालनमा आईसकेको जनाएको छ । कन्ट्रक्सनका गोविन्द साउदले काम सम्पन्न भई १ वर्ष अघि नै उद्घाटन भई हस्तानतरण भईसकेको जनाएको छ