८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो .

  २८ जेष्ठ २०७६, मंगलवार १७:१७

आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ । पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ ।

फाइल फोटो

विमानमा भारतीय सेनाका १३ जना रहेका थिए । यसमा रहेका सेनाको अवस्थाका बारेमा भने जानकारी लिने प्रयास भैरहेको छ ।
यो जहाजले गएको जुन ३ मा असमको जोरहाटबाट उडान भरेको थियो । उडान भरेको आधा घण्टामै जहाज सम्पर्कविहीन भएको थियो । हराइरहेको जहाजको खोजी इण्डियन स्पेस रिसर्च अर्गनाइजेसनको सहयोगमा भारतीय वायु सेनाको विमान सी–१३०, एएन–३२ एस, एमआई–१७ लगायत भारतीय स्थल सेनाको आधुनिक हेलिकप्टरमार्फत गरिएको थियो ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website