लायन्स क्लब अफ सल्यानको पिभिएसटी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
१३ असार,सल्यान । लायन्स क्लब अफ सल्यानको आयोजनामा सल्यान खलंगामा आज पिभिएसटी तालिम तथा सम्मान कार्यक्रम सल्यान खलंगामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा लायन्सका डिस्ट्रीक गभर्नर सि.बी.चन्द लगायत अतिथिहरुले लायन्स क्लब अफ सल्यानका संस्थापक अध्यक्ष तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी र उपाध्यक्ष समेत रहेका वडा नम्बर ११ का वडा अध्यक्ष राजेश कुमार शर्मालाइ लाई कदर पत्र सहित सम्मान गर्नुभएको छ । सम्मान ग्रहण पश्चात् बोल्दै नगर प्रमुख भण्डारीले लायन्स क्लबको संस्थापक अध्यक्षका हैसियतले लायन्सले गर्ने सामाजिक काम मा शारदा नगरपालिकाले हातेमालो गर्ने बताउनु भयो ।
कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा सहभागीता शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारको रहेको थियो । अतिथिको रुपमा कार्यक्रममा उपस्थित माननीय जिल्ला न्यायाधिश कुल प्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी बिपीन आचार्य, प्रहरी नायब उपरीक्षक सुमित खड्का,सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझी, अनुसन्धान प्रमुख गणेश प्रसाद आचार्य, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख नृप जङ्ग शाही लाई लायन्स क्लब अफ सल्यानले सल्यान र सल्यानी जनताको सेवामा पुर्याएकोमा कदर पत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा फस्ट भाइस डिस्ट्रीक्ट गभर्नर मुकुट ढकाल ,सेकेन्ड भाइस डिस्ट्रीक्ट गभर्नर लायन बिनोद कुमार श्रेष्ठ,डिस्ट्रीक्ट क्याबिनेट सेक्रेटरी लायन गोबिन्द अधिकारी, डिस्ट्रीक्ट क्याबिनेट ट्रेजरर लायन खेमराज भट्ट,डिस्ट्रीक्ट चिफ लायन टेकन कडेल,एरिया २ चिफ लायन धुर्ब गौतम,लायन्स क्लब अफ दाङका अध्यक्ष लायन भोजराज न्यौपाने,लायन्स क्लब अफ श्रीनगरका अध्यक्ष लायन बिरेन्द्र भण्डारी लगायत लायन्स क्लब अफ सल्यानका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीबाट लायन्स क्लब अफ सल्यानका सदस्यहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरिएको छ । लायन्सको भेलाले बर्ष २०२२-०२३ का लागि प्राण कुमार राइलाइ अध्यक्षमा चयन गरेको छ ।