शारदा नगरपालिकाको आयोजनामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुदैँ

  १ बैशाख २०८२, सोमबार २०:३२

शारदा नगरपालिकाको आयोजनामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुदैँ

सल्यान, १ बैशाख ।

सल्यानको शारदा नगरपालिकाको आयोजनामा निशुल्क योग विज्ञान शिविर सञ्चालन हुन लागेको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा बैशाख २ गते मंगलबार (भोली) देखी ६ गतेसम्म निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको हो । पतञ्जली योग समिति सल्यानको समन्वयमा सञ्चालन हुन लागेको योग शिविरको सबै तयारी पुरा भएको शारदा नगरपालिकाका प्रवक्ता एव्म वडा नम्बर ११ का वडाअध्यक्ष राजेश कुमार शर्माले जानकारी दिनुभयो ।

स्वस्थ शरीर र आनन्दित मनका लागि पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय अध्यक्ष लवदेव मिश्र सहितको टोलीले निःशुल्क पञ्चदिवसीय योग विज्ञान शिविरमा प्रशिक्षण दिदैँ छ । यस शिविरमा सहभागि भएर शारीरीक तथा मानसिक स्वास्थ्य लाभ लिनहुन शारदा नगरपालिकाले सबै नगरवासी तथा सरोकारवालालाई अनुरोध गरेको छ । शिविर विहान ५ वजेदेखी सुरु हुने छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website