सल्यानमा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना
सल्यान, २१ भदौ। सल्यानमा कार्णाली प्रदेश अन्तर्गत लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सदरमुकाम खलंगामा कार्यालयको आइतबार उद्घाटन गरका हुन् ।
जिल्लामा प्रदेश सरकारका तर्फबाट जिल्लामा हुने सवै आर्थिक क्रियाकलापहरुको नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको मन्त्री ज्वालाले जानकारी गराउनुभयो । “जनताहरुले संघियताको प्रत्याभुति घरआँगनमै गर्न सकुन भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो” मन्त्री ज्वालाले भने ।
गत आर्थिक बर्षमा आर्थिक बर्षको समाप्ती भइसहेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेको भन्दै चालु आर्थिक बर्षमा यस्ता खालका समस्याहरु न्युनिकरण गर्नका लागि प्रदेश सरकारले पहल गर्ने जानकारी दिनुभयो ।“कर्णाली प्रदेश सरकारको निर्णय अनुसार हामीले प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयहरु जिल्लामा स्थापना गरिएको छ, यसले जनताहरुका काम गर्न प्रदेशमा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ,” मन्त्री ज्वालाले भने ।
सरकारले कर्णाली प्रदेका सवै जिल्लाहरुमा सवै मन्त्रालय मातहतका कार्यालयहरु स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढंगले अगाडी वढाउन सरकार प्रतिवद्ध रहेको मन्त्री ज्वालाले जानकारी दिए । “जिल्लामा प्रदेश मातहतका आर्थिक क्रियाकलापहरु सञ्चालन भएपनि आर्थिक बर्षको अन्तमा समेत निकासी गर्न धेरै समस्या भयो, आर्थिक बर्ष समाप्ती पछि पनि काम गर्नुपर्ने बाध्यता भयो चालु आर्थिक बर्षमा समयमै निकासी हुन्छ” मन्त्री ज्वालाले भने ।
सल्यानमा प्रदेश मातहतमा रहेका ८ वटा कार्यालयहरुबाट सम्पादन गरिने क्रियाकलापहरुको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्याललयले जनाएको छ । जिल्लामा कार्यालय नुहदा प्रदेशबाट सञ्चालन गरिएका क्रियाकलापहरुको लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।











