१ महिने डर्कमी तालिम सल्यानको श्रीनगरमा संचालन
वैदेशिक रोजगार वार्डको सहयोगमा सल्यान श्रीनगरमा डर्कमी तालिम आज देखी संचालन भएको छ । सहिद नेत्रलाल अभागि प्राविधक शिक्षालय सल्यानको आयोजना तथा खैरावाङ प्राविधिक शिक्षालयको ब्यवस्थापनमा जिल्ला भरिका २० जना सहभागिहरुले तालिममा भएका छन् ।
वैदेशिक रोजगारीमा जान चाहानेहरुलाई सहयोग पुग्न र स्थानिय स्तरमा रोजगारको सिर्जना गर्ने उदेश्यले संचालन गरिएको कार्यक्रम १ महिना सम्म संचालन गरिने सहिद नेत्रलाल प्राविधिक शिक्षालयका तालिम संयोजक इन्द्र कुमार शर्माले जानकारी दिनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा शिक्षालयका साहायक प्रिन्सिपल प्रदिप सुवेदि, प्रशासन प्रमुख डम्मर हमाल, नेको इन्सोरेन्सका श्रीनगरका शाखा प्रमुख नारायण दाहाल, खैरावाङ प्राविधिक शिक्षालयका प्रमुख मोहन प्रकाश वली, ब्यवसायी यज्ञ विक्रम शाह लगाएतको सहभागिता रहेको थियो ।













