कृष्ण जन्माष्टमीको दिन त्रिवेणीमा विशेष कार्यक्रम हुदै
सल्यानको त्रिवेणी गाउपालिका ६ लुहाम स्थित त्रिवेणी धाममा कृष्ण जन्माष्टमीको अबसर पारेर मन्दिर ब्यबस्थापन समितिले विशेष कार्यक्रमको आयोजना गरेको छ।
भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना गर्दै कृष्ण जन्माष्टमी मा हरेक बर्ष यो पर्व मनाउने गरेको समितिका अध्यक्ष हिम राज ओलिले जानकारी दिनुभयो। ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ ।
यस बर्ष कृष्ण जन्माष्टमीको दिन लाखे नाच, भजन कृतन, दोहोरी भजन, राधाकृष्ण रथयात्रा (लुहाम बजार परिक्रमा) तथा बिभिन्न झाकी जुलुस निकालिने प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै उक्त कार्यक्रमा उपस्थितिको लागी सम्पुर्ण भक्तजनहरुमा आमन्त्रण गरिएको छ ।