नगरको विकासमा दिगोपना दिन नगरवासिको सहभागिताको खाँचो

  १२ असार २०७६, बिहीबार २१:४६

खबर टक

बनगाड कुपिण्डे नगरकार्यापालिका सल्यानको वडा ७,८,९,१० र ११ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नगरकै वडा ७ ढोरपिपलमा भएको सार्वजनिक सुनुवाई तथा रेडियो वहस कार्याक्रममा ५ वटै वडाका जनप्रतिनीधी,नगर प्रमुख गोविन्द कुमार पुन,उप प्रमुख मञ्जु यरी,प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्री,पार्टि प्रतिनीधी,विभिन्न संघ संस्थाका प्रतिनीधी र विभिन्न वडाहरुबाट स्थानीयको पस्थिती रहेको थियो ।

नगर प्रमुख पुनले सार्वजनिक सुनुवाई कार्यक्रम जनताले विकास निमार्णका विषयमा चासोका सोधिएका विषमा जवाफ दिनु भएको थियो । शिक्षा,स्वास्थ्य,खानेपानी र विद्युतका विषमा विशेष चासोका साथ नगर प्रमुखको जवाफ मागेका थिए । विद्यालयका प्र.अ. तथा शिक्षा सरोकारवाला निकायले भौतीक पुर्वाधार,दरवन्दी नहुदाँ विद्यालय सञ्चालनमा कठिनाई भएकोले यस तर्फ नगरको ध्यानकर्षण समेत गराएका थिए ।

प्रशासनीक क्षेत्र तर्फ आएका प्रश्नको जवाफका क्रममा प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले नगरमा थोरै कर्मचारी हुदाँ समेत जनताका कामकाजलाई चुष्त देरस्त तवरले काम भईरहेको जनाउनु भएको छ । त्यसै गरि वडा अध्यक्षहरुमा भोपाल के.सी,कुलवहादुर पुरी,इन्द्र वहादुर कुमाई,मान सिं पुरी,विर वहादुर वुढाले वडामा भएका कामकाजका गतीविधी र विकास निर्माणका वारेमा जानकारि गराउनु भएको थियो ।

त्यसै क्रममा सम्बन्धीत वडावासिले सोधेका प्रश्नहरुको समेत जवाफ दिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुनले नगरको विकासका लागि आफ्नो तर्फ अहोरात्र खटिएको र नगरवासिको पनि सहयोगको खाँचो रहेको औल्याउनु भएको छ । गाउँ हुने विकासको लागि दिगोपना दिन नगर वासिले चासो दिनु पर्ने जनाउनु भएको छ ।

त्यसै गरि विकासमा नगर वासिको सहभागिता हुनु जरुरी रहेको जनाउनु भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको सहयोग र कुमाख मिडिया प्रा.लीको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website