सुर्खेतको सिम्तामा किसानलाई मुर्रा जातको भैसि वितरण

  ८ बैशाख २०७६, आईतवार ११:४९

 दुर्गा वि.सी.
सुर्खेतको सिम्ता गाउँपालिकाले किसानहरुलाई भैसि वितरण गरेको छ । प्रदेश सरकारको क्षेत्र विकास कोषको ५० लाख,गाउँपालिकाको ५ लाख र बँकी प्रती किसान भैसिको विमा सहित ३३ हजार प्रति किसानले व्यहोर्ने गरि ५० वटा भैसि वितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा १२ वटा भैसि १२ जना किसानलाई वितरण गरिएको छ ।
सिम्ताको भुवनोटमा सुहाँदो तथा उक्त वातावरण हुर्कने जातको १ लाख १० हजार पर्ने मुर्रा भैसि किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले वताउनु भएको छ । सिम्ता गाउँपालिकाको राकम,काप्रिचौर,आली,कालीखोला र बाँखर्क लगाएतका कृर्षि पकेट क्षेत्रका किसानलाई भैसि वितरण गर्ने योजना अनुसारको काम भएको जनाएको छ । किसानलाई आत्मर्नीभर र उत्पादनमुखि वनाउनका लागि वढ्दो दुधको वजारीकरणलाई यसले थप सहयोग गर्ने लक्ष्य रहेको छ । करिव १ करोड वजेटमा सिम्ताका किसानलाई भैसि वितरण गर्ने गाउँपालिकाको लक्ष्य अनुरुप काम सुरु भएको जनाएको छ । भैसि ३ वर्ष सम्म किसानले विक्रिवितरण गर्न पाउने छैनन् । एकै चरणमा सवै काम नसकिने भएकाले किसानलाई भैसि वितरण कार्यक्रम जेष्ट १५ गते सम्म जारि रहने जनाएको छ । भैसि वितरणको लागि तामाचुली बहुउदेश्य सहकार संस्था मार्फत गाउँपालिकाले काम अघि वढाएको छ । साथै भैसिको लागि गोठ र खोर सुधार लगाएत किसानको ३३ हजारबाट नै काम हुने तामाचुली सहकारि संस्थाका प्रतिनीधी चन्द्र थापाले जानकारि दिनु भएको छ ।
पसु स्वास्थ्य चिकित्सकको सिफारिसमा उक्त मुर्रा जातका पहाडी भेकमा हुर्कन सक्ने भैसि ल्याई किसानलाई वितरण गरिएको छ । उक्त सहकारि मार्फत नै गाउँपालिकाले डेरि सञ्चालन गर्ने जनाएको छ । १ लाख १० हजार मुल्य पर्ने मुर्राजातको भैसि पाए पछि किसान खुसी वनेका छन् । जनतासँग सिम्ता गाउँपालिकाको मुख्य ध्येय र लक्ष्य अनुुरुप यसो गरिएको अध्यक्ष के.सी.को भनाई छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website