आफ्नै विवाहको कार्ड बाँड्न हिडेका खत्री अटोबाट पल्टीदाँ गम्भीर घाईते

  ३ बैशाख २०७६, मंगलवार २०:४६

 दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ५ मा आज ना ३ स १६७६ नम्बरको अटो रिक्सा पल्टीदा २ जना गम्भीर घाईते भएका छन् ।
२ वजेको समयमा फुलेडाँडा जाँदै गर्दा अटो चालक वडा ६ का नविन वि.क र आफ्न्नै विवाहाको निमन्त्रण कार्ड वाँडन हिडेका वडा ५ राउँचेका रोहन खत्री अटो पल्टीदाँ घाईते भएको ईलाका प्रहरि कार्यालय सल्लीवजारले जनाएको छ ।
अटो सडक देखि ३ सय मिटर तल भिरमा अट्किएको छ । अटोचालक वि.क. र खत्रीलाई भने उपचारका लागि सुर्खेत लगिएको छ । कच्चीबाटो भएकोले अटो पल्टीएको जनाएको छ । गाउँघरका भखर खनेका कच्ची ग्रामिण सडकमा समेत अटोमा स्थानीय आवत जावत गर्ने गरेका छन् । गम्भीर घाईते खत्रीको यहि ५ गते शुभविवाह रहेको छ । यस क्षेत्रमा अटोका दुर्घटनाका संख्या दिनहु हुने गरेका छन् ।

 

  • 1
    Share

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website