कम्युनिष्ट सरकारका कारण जनताले दुख पाए – नेता खड्का

  ४ बैशाख २०७६, बुधबार २०:२३

दुर्गा वि.सी.
सुर्खेतको सिम्ता गाउँपालिकामा नेपाली काँग्रेस सिम्ताले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम नेता पुर्ण वहादुर खड्काले एउटा चुनाव हार्दैमा निरास नहुन नेता तथा आफ्ना कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
मुलुकको ठुलो आन्दोलनमा बलिदानी दिएको पार्टी काङ्ग्रेसले एउटा् चुनाव हारेकै अवस्थामा कम्जोर नहुन पार्टी कार्यकर्तातालाई आग्रह गर्नु भएको छ ।। नेपाली काङ्ग्रेस सिम्ताले आयोजना गरेको सम्मान तथा बधाई दिने कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री तथा सह महामन्त्री खड्काले कम्युनिस्ट सरकार ले जनतामा ठुलो निराशा उत्पन्न गराएकोले जनतालाई आसाको दियो जगाउने जिम्मेवारी आउन लागेको जनाएको छ।कम्युनिस्ट सरकाका कारण मुलुकको उधमी ,व्यबसायी नागरिक ,पत्रकार लगायत आक्रान्त हुँदै गएको समेत खड्काले बतानु भयो । सरकारले सर्वसत्तावाद लाद्न खोजेको आसङ्काको खाडल बिसाल बन्दै गएको छू महामन्त्री खड्काले थपे जनताका निरासालाई बदल्ने अवसर नेपाली काङ्ग्रेस नेतृत्व लिनेबेला आउन लागेकोले सिङ्गो पार्टी एक भएर अघि बढ्न नेता कार्यक्रता लाई आग्रह गरेका समेत गर्नु भयो ।स्वर्गीय सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा कार्यन्वयनमा कम्युनिस्ट सरकार असफल भएको टिप्पणी गर्नु भयो ।
कम्युनिस्ट सरकारले जनता समक्ष दिएको चुनौतीलाई सामना गर्न पार्टीको केन्द्र देखि वाडासम्म बिधि र बिधान,निर्णय प्रक्रियाले रुपान्तरण गर्ने अभियानमा लाग्न पार्टी कार्यक्रतालाई खड्कालेनिर्देश गर्नु भएको थियो । पार्टी भित्र आफ्नो कमजोरि समेत रहेको खड्काले स्वीकार गर्नु भयो ।हाम्रो व्यवहार,शैली,निर्णय ,अभिव्यक्तिले समस्या उत्पन्न गराएको सत्य हो महामन्त्री खड्काले भन्नु भयो, तिनै समस्याले कार्यकर्ता र मतदाताको मन कुडिएकाले अब आत्मआलोचना गर्दै पार्टी एक ढिक्का भएर अघि बढ्ने रणनीतिमा दावि छ ।आफू बाट समेत गल्ती भएको हुनसक्ने उल्लेख गर्दै खड्काले गल्तीहरु सच्याएर एक ढिक्का बनाएर अघि लैजान कुनै कसर बाकी नराख्न सवैलाई अनुरोध समेत गरिएको छ ।नेपाली काङ्ग्रेसको समस्या कम्युनिस्ट सरकार नभएको समेत स्पष्ट पार्नु भयो।
त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संचार राज्य मन्त्री समेत रहनु भएका तप्त बहादुर बिस्टले नेपाली काङ्ग्रेस महामन्त्री पुर्ण बहादुर खड्काले गरेका बिकासका योजनाहरु जनतामाझ कार्यक्रताले ल्याउन नसकेकै कारण चुनाव हारेको समेत जिकिर गर्नुभएको छ। त्यस्तै क्षेत्रीय सभापति खड्कबहदुर पोख्रेल ,जिल्ला कार्यसमिति का सदस्य बिरेन्द्र रावत ,काफलकोटका सभापति हरि बहादुर सिंह ,काप्रीचौरका सभापति घन बहादुर केसि , राकमका सभापति राजेन्द्र सिंह लगायत ले आफ्नो,आफ्नो भनाइ राख्नुभएको थियो।

 

  • 98
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website