खाद्य अधिकार सम्बन्धी १ दिने सचेतनामुल गोष्ठि सम्पन्न
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज आरआर एन सल्यानको सहयोगमा खाद्य अधिकार सम्बन्धी १ दिने सचेतनामुलक गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा खाद्य अधिकारका थुप्रै विषमा छलफल गरिएको छ । खाद्य अधिकार सम्बन्धी अन्र्तक्रियामुखि समन्वय बैठकमा १ वर्ष अघि नगरपालिकालाई प्रस्तावित योजना सम्बन्धी कार्ययाजन कति भए कति बाँकी रहेका छन् भनेर छलफल चलाएको थियो ।
बनगाड कुपिण्डे नगरपालीकाका प्रमुख गोविन्द कुमारले पनि सवै कार्ययोजनाहरु प्रक्रियामा रहेको वताउँनु भएको छ । विविध कारणले यस्ता खाले सबै काम प्राविधीक कठिनाईले समयमा पुरा नभए पनि आगामी दिनमा रणनीतिक योजनाका साथ अघि वढ्ने वताउँनु भएको छ । खाद्य अधिकारका कुरा अन्र्तगत,जग्गा पल्टींग समस्या,कृषिको सधारीकरण,नगरपालीकाको सार्वजनीक शुसासन र जवफा देहिता तथा पारर्दशिता,रोजगार,कानुनी सेवा लगाएतका थुप्रै खाले कुराको गोष्ठिमा छलफल चलाएको थियो । साथै आगमी दिनमा खाद्य अधिकार कार्ययोजना पुरा गर्ने,खाद्य अधिकारका विषयमा वजार अनुगमन सञ्चालन गर्ने समेत वताएको छ ।
खाद्य अधिकार सम्बन्धी गोष्ठिको हरप्लेस सल्यानका रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुन,उप प्रमुख मञ्जु यरी,वडा अध्यक्ष शान्त कुमार यरी,गोविन्द डाँगी,निमित्त प्रशासकिय अधिकृत वासुदवे पोख्रल लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।