खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना

  १ बैशाख २०७६, आईतवार १७:१७

खबर टक
सल्यानको प्रसिद्घ खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना गरिएको छ ।
प्रतिपदाको दिन गाडियको नया मौलो शनिबार शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले बिधिबत रुपमा पुजा गरि उद्घाटन गर्नुभएको हो ।
पुजा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेपाली सेनाको सबुज गण सिमखर्कका प्रमुख गनपती, सशस्त्र प्रहरी प्रमुख बिमल डागि, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पन्चलाल गोल विभिन्न कार्यालयका प्रमुखहरु, जनप्रतिनिधि, मन्दिर ब्यवस्थापन समितिका अध्यग छवि कुमार शर्मा लगाएतको उपस्थित रहेको थियो । मौलो पुजा उद्घाटनमा सशस्त्र प्रहरीबल जिल्ला गुल्म सल्यानको टोलिले सलामी अर्पन गरेकोे थियो ।
सल्यान जिल्लाको प्रमुख धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित खैराबाङ भुबनेश्वरी भगवती मन्दिरमा प्रतिपदा देखिनै भक्तजनहरुको भिड लागेको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष छवि कुमार शर्माले बताउनु भयो । खैराबाङ मन्दिरमा पुजा अर्चना गरेपछि आफ्नो मनोकामना पूरा हुने जन बिस्वास रहेको छ । आफुले सोचेको कुरा पूरा भयपछि र कुनै कामहरु गर्नु भन्दा पहिले बलिको भाकल गर्नेहरुले पशु बलि पनि दिइने प्रचलन रहेको छ ।
मन्दिरमा प्रसादको रुपमा बिशेश गरि चामल, घ्यु, चिनी मिसायर बनाइएको रोट चढाइने गरिन्छ । मन्दिरमा चैते दशैको अबसरमा करिब ६ सय ५० को हाराहारीमा बोकाको बलि दिइएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website