लैङ्गीक हिंसा न्युनिकरणका लागी वक्तृत्व कला प्रतियोगितता
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा लैङ्गीक हिंसा न्युनिकरण लागि सरोकारवाला निकायहरुको भुमिका विषक अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको छ ।
उक्त प्रतियोगितामा नगरका सामुदायीक तथा संस्थागत माविका विद्यार्थीहरुले भाग लिगेका थिए । वक्तृत्वकलामा त्रिभुवन जनता मावि च्युराकी उर्मिला सुनार प्रथम भएकी छन् । त्यसै गरि मुक्ती मावि हिलेका नन्दराम वस्नेत दोस्रो र तेस्रोमा प्रभाकर मावि देवस्थलका आर्रे श्रोनाकार रहेको जनाएको छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र इलाका प्रहरि कार्यालय सल्लीवजारको समन्वयमा कार्यक्रम सञ्चालन भएको थियो । विजेता विद्यार्थीलाई बनगाड कुपिण्डे नगरपालीकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी गोविन्द कुमार पुनले नगद पुरस्कार प्रदान गरेको जनाएको छ ।
लैङ्गीक हिंसा न्युनिकरण लागि सरोकारवाला निकायहरुको भुमिका विषक शिर्षकमा अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम प्रभाकर मावि देवस्थल भएको थियो ।