Ncell ले काम नगर्दा सेवाग्राहीलाई सधैं सास्ती । सेवा सुचारु गर्न नगर प्रमखु र प्रजिअ को आग्रह ।।

  १२ चैत्र २०७६, बुधबार ०८:४४

९८०००१००१० नं. बाट फोन आउछ फोन उठाउन खोज्यो उठाउन मिल्दैन यदि फोन उठिहाल्यो भने नि कुरा बुझिदैन यो फोन Ncell बाट सर्वसाधारणलाई कारोना सम्बन्धि जानकारी दिन आएको फोन हो । तर सल्यानमा भने यसरी आएको सुचना बुझ्न पाएका छैनन् । विगत ३ महिना देखी सल्यान जिल्लामा Ncell को नेटर्वकमा समस्या आएको छ तर सम्बन्धित निकायले समयमा मर्मत नगरिदिदा Ncell प्रयोग कर्ता अहिले दुःख बेहोरी रहेका छन् ।

फोन नलाग्ने, लागि हाले पनि कुरा नबुझिने, आफै फोन रोकीने, SMS नजाने, DATA नचल्ने लगाएतका यस्का समस्या रहेका छन् । वनगाड कुपिण्डे नगपालिकाको जयतपानी र शारदा नगरपालिकाको पैयाखर्क टावरमा फेर्नु पर्ने उपकरण समयमा नै नफेरीदा उप्त समस्या आएको बुझिएको छ ।

संसार भर फैलिएको कारोना भाइर रोकधामको लागि नेपाल सरकाले देशलाई लकडाउन गरेको अवस्थामा नागरीकलाई घरमा नै बसेर सबैतिरको सुचना, सन्देश पाउने बेलामा नेटर्वकमा समस्या आएकोले त्यसलाई तत्काल समधान गरि सेवा सुचारु गर्न शारदा नगरपालिकाका नगर प्रमुख शुरेस अधिकारीले सम्बन्धि निकायलाई आग्रह गर्नुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रलले सेवा प्रदायकसंग सम्वन्य भैरहेको र उपरकण ढुवानीको लागि आवश्यक सहयोग गरिने भन्दै सेवा प्रदायकलाई वढि जिम्मेवार हुन आग्रह गर्नुभयो ।

यता नेपाल दुरसंचार प्राधिकरणले रिचार्ज गरेबाफत वोनस रकम र सापटी रकम उपलब्ध गराउन सेवा प्रदायकलाई आदेश दिएको छ भने Ncell ले भने १० करोड सरकारी कोषमा सहयोग गर्ने भनेको छ । तर सल्यानमा भने नेटवर्कको समस्याले गर्दा सेवा नै पाउनु मुस्किल परिरहेको र आफुले क्रपोरेट सिम प्रयोग गर्ने मासिक ४ सय रिचार्ज गर्दा ३ महिना देखीको रकम त्यसै खेर गएको शारदा नगरपालिका ४ का रोसन बस्नेतले बताउनु भयो । यस्तै अर्का सेवा ग्राही रुम टु रिडका सल्यानका प्रमुख विनायक रेग्मीले कार्यालका स्टाफ साथिहरु संग आवश्यक सुचना प्रवाह गर्न नसकिदा समस्या परेको बताउनु ।

Ncell को उपकरणको मर्मत र हेरविचारको जिम्मा पाएको ZTE कम्पनीमा बुझ्दा विगतमा टावरमा भएको आगलागि र उपकरणमा भएको प्राविधिक समस्याका कारण सो समस्या आएको बतायो । ZTE बुटवलका शिव शंकर त्रिपाठीका अनुसार सल्यानमा आवश्यक उपकरण बुटवलमा आइसकेको र जति सक्यो चाडो समस्याको समाधान गरिने जानकारी दिनुभयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website