पाठ्यपुस्तकको रकम निकासा नहुदाँ विद्यार्थीले किताव पाएनन्

  ३ बैशाख २०७६, मंगलवार २०:४३

 दुर्गा वि.सी.
 पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्र्तगतका विद्यालयहरुले विद्यलायको खातामा पाठ्य पुस्तकको रकम निकासा नहुदाँ पाठ्यपुस्तक खरिद गर्न सकेका छैनन् ।
भर्ना अभियान जारि भए पनि नगरपालिकाले विद्यलायको खातामा पैसा नहाल्दा किताव विद्यार्थी दिन नसकिएको विद्यालयका प्रअहरुले वताएका छन् । नगरपालिकामा काम गर्ने कर्मचारि लेखापाल र प्रशासकिय अधिकृत नहुदाँ रकम निकासा गर्न नसकिएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । २ हप्ता अघि नगरपालिकामा कार्यरत लेखा अधिकृत कर्ण वोहरा र प्रशासकिय अधिकृत नोखिराम वलीले नगरका रकम निकासाका कुनै पनि काम नगर्दा समस्या उत्पन्न भएको छ ।
विद्यलायको पाठ्यपुस्तक,छात्रवृति र अन्य विकास निर्माणका सम्पन्न कामहरु समेतको भुक्तानी हुन सकेको छैन् । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर रितो हात घर फर्कने गरेका छन् । भर्ना हुन विद्यलाय पुगेका विद्यार्थी र अभिभावकहरुले किताव लिन कहिले आउने हो प्रश्न गर्दा भर्ना अभियानका कर्मचारिहरु नजावफ भएको देखिन्छ । किनकी नगरमा शिक्षा देखि नगरको काम गर्ने कर्मचारि नहुदाँ पाठ्यपुस्तको रकम निकास हुने छाँटकाँट नदेखिएको शिक्षकहरुले वताउँने गरे्का छन् ।
विद्यालयमा पाठ्यपुस्तको रकम नजाँँदा पुस्तक खरिद गर्न नसकिएको र विद्यार्थीका हातहातमा पुस्तक वाँड्न नपाएको विद्यालयका प्रअहरुले वताउँने गरेका छन् । सल्लीवजारमा रहेको साझाको विक्रेता भानु स्टेशनरिमा हाल सम्म २ वटा विद्यालयले मात्रै पुस्तक लिएको र बाँकी ६४ वटा विद्यालयले पाठ्यपुस्तक नलिएको तथ्याङ छ । पुस्तक खरिद गर्नेमा त्रिभुवन जनता मावि शंखपिपल च्युरा र फुर्खेसल्ली निमावि बामेले मात्रै पुस्तक लिएको प्रोपाईटर तिलक वुढाले जनाकारि दिनु भएको छ ।
नगरमा लेखाअधिकृतसँगै प्रशासकिय अधिकृत र शिक्षा शाखा हेर्ने कर्मचारि नहुदाँ शिक्षाको पाठ्यपुस्तक हुदै अन्य कामकाजको रकम विद्यलायको खातामा नजाँदा विद्यलाय सञ्चालन गर्न निक्कै ग्राहो भईरहेको बनगाड कुपिण्डे नगरका विद्यालयका प्रअहरुको दुखेसो छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website