बनगाड कुपिण्डेमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु २ सय ७५ जनालाइ रोजगारी
बनगाड कुपिण्डे नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको आज विधिवद रुपमा उद्घाटन भएको छ ।
नगरका प्रत्येक वडामा पहिले देखि नै उक्त कार्यक्रम सुरु भए पनि आज नगरको १ नं. र ६ को सिमाना नजिकै पर्ने आँपखोलि अदाला सिचाई कुलो निर्माणमा रोजगार दाताहरुले काम सुरु गरेका छन् । अदाला सिचाई कुलोबाट सिंचित १५ सय भन्दा वढि रोपनी क्षेत्रफल जमिनमा ४ सय २५ घरधुरीका ३ हजार नागरिक प्रत्यक्ष लाभाविंत हुने गरेका छन् ।
नगर प्रमुख गोविन्द कुमार पुन,उप प्रमुख मञ्जु यरी र प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले समेत काम गररे कार्यक्रम उद्घाटन भएको घोषणा गर्नु भएको छ । त्यसै गरि नगर प्रमुख गोविन्द कुमार पुनले नगरमा रोजगारि सिर्जनाका लागि थुप्रै खाले आधार रहेको जनाउनु भएको छ । कुनैलाई कृषि पकेट क्षेत्र,तरकारी,फलफुल,नगदेवालि,जडिवुटि र पशुपालन लगाए थुप्रै सम्भावना रहेको नगरमा आफुले चाहेको कृषि पेषा गर्न सक्ने आधार तय गररे आफु कहाँ आउन नगरवासलाई अनुरोध गर्नु भएको छ । त्यसै गरि खेत तथा पाखावारिमा वातावरण र सुहाँउदो परिवेश अनुसारको विरुवा लगाउन र त्यसको प्रति विरुवाको जिल्ला दर रेट अनुसार किसानलाई नगदै रुपैयाँ दिन सकिने समेत घोषण गर्नु भएको छ ।
बनगाड कुपिण्डेमा केरा खेती,टिमुर,आँप खेती,सुन्तला,कागती,चिराइँतो,कटहर,अम्लिसो,वावियो,केरा अम्बा,अनार,मेवा र जडिवुटि व्यवसायी लगाएतका प्रत्यक्ष किसानलाई फाईदा दिने विरुवा रोप्न र हुर्काउन अनुरोध गर्नु भएको छ । प्रति विरुवा नगरको तर्फबाट अनुदान रकम व्यहोर्ने समेत जनाउनु भएको छ । कृषि क्षेत्रलाई आत्मानिर्भर वनाउन सकिए घरघरमा रोजगारी आफै सिर्जना गर्न सकिने प्रमुख आधार रहेको जनाएको छ । नगरका १२ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरिएको छ ।
सिचाई कुला,सडक,खानेपानी लगाएतका क्षेत्रमा रोजगार नागरिकलाई काममा लगाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रत्येक वडामा ३५ सय ७० ले वेरोजगारि फारम भरेका थिए । यो पहिलो वर्षमा २ सय ७५ जना नागरिकलाई रोजगार प्रदान गरिएको रोजगार संयोजक भिम पुनले जनाउनु भएको छ ।
त्यसै गरि २ नं. वडामा लाहाघाट सिचाई कुलो निर्माण,३ नं.मा खेतगारा खोला सिचाई कुलो मर्मत,४ नं. वडामा वराखेत सिचाई कुलो निर्माण,५ नं. वडामा नयाँटा सिचाई कुलो मर्मत,६ नं. वडामा किठौरेखोला हुदै वर्मेचौर सिरुवावारि खानेपानी निर्माण,७ नं. गुफाखोला खानेपानी कुवा निर्माण,८ नं. वडामा वावियाचौर खानेपानी निर्माण,वडा ९ मा वाँसठानापिपल चौतारा,१० मा लोतोमरे देखि तोलतोलेमा सिचाई कुलो,११ मा सिमलचौर सिचाई र १२ मा सरस्वती प्राथामिक विद्यालयको खेलमैदान निर्माण कार्य भईरहेको रोजगार संयोजक पुनले जानकारि दिनु भएको थियो ।