सल्लीवजार देखि रुकुम चौहजारि सडक १४ वर्षमा ३ किमी पिच

  १९ बैशाख २०७६, बिहीबार ०८:२३

 दुर्गा वि.सी.
सल्यान सल्लीवजार देखि रुकुम चौहरजारि सडक खण्ड ट्रयाक खोलिएको १४ वर्ष वित्यो तर पिच भने ३ किमी मात्रै भएको छ ।
उक्त सडकमा ट्रयाक ओपन वाहेक स्तरवृद्धिको लागि भनेर १० करोड वढि रकम खर्च भईसकेको छ । स्तरवृद्धिको लागि भनेर १० भन्दा निर्माण कम्पनीले कामको जिम्मा लिएर आधा काम गरि छोडर भागेका छन् भने केहि फर्मले काम गररे पनि हाल सम्म पैसा नपाएर वसेका छन् । वर्षेनी सडकको अवस्था भने जिर्ण हुदै गएको छ । सडकको मुख्य दुई खोला बनगाड खोला र स्यानीपीपली खोलामा पुल वन्न सकिरहेको छैन् ।
खोलामा पुल नहुदाँ वर्षातमा गाडिहरु आवत जावतमा समस्या हुने गरेको छ । बनगाड खोलामा वन्दै गरेको पक्की पुल समेत ठेकेदारले समयमा काम नगर्दा अधुरै अवस्थामा छ । अर्को मुख्य खोला स्यानीपिपलीमा भने पुलको लागि सुरसारै छैन् । सल्यान,रुकुम पश्चिम,जाजरकोट र डोल्पा वासिका लागि प्रदेश राजधानी जोड्ने छोटो मार्ग पर्ने भए पनि प्रदेश सरकारको ध्यान त्यस तर्फ पर्न सकिरहेको छैन् । केन्द्र,प्रदेश र स्थानीय तहका पहँुचवाला नेताहरु समेत दैनिक दिन आवागमन गर्ने सडकको पुरै भग्नावेश हुदाँ समेत यस तर्फ कसैले सोच्न समेत नसकेको स्थानीयको दुखसो छ । सुख्खायाममा धुलो र वर्षातमा हिलोले गर्दा सडकमा गाडिहरु जाम हुने गरेको स्थानीय नेत्र थापाको दुखेसो छ । १० वर्ष अघि देखिका काम समेत ठेकेदारले समयमा सम्पन्न नगर्दा सोसडक अलपत्र अस्थामा छ । सल्लीवजार देखि रुकुम चौहरजारि सम्मको दुरी ४१ किमी छ । सडक पिच भएको भने जम्मा ३ किमी मात्रै छ ।
अघिका धेरै काम अलपत्र पारिएको छ भने गर्त आर्थिक वर्षमा ११ करोडको ७ किमी पिचको काम समेत ठेकेदारले छोडर भागेको स्थानीय देववहादुर विष्टले वताए । गजुरमुखि गाल्भा जेभि फर्मको नाम बाट रामवहादुर विष्टले उक्त कामको जिम्मा पाएका थिए । तर उनि पनि काम छोडेर भागेको ७ महिना विती सक्यो । ३३ महिना भित्रमा सवै काम सम्पन्न गर्ने भनेर सडक डिभिजन कार्यलय दाङ र गजुरमुखि गाल्भा जेभि फर्मका नररी थपलिया विच सम्झौता भएको थियो । अव आएर सडक समेत प्रदेशमा हस्ताणतरण भैसक्यो काम सुरु गर्ने छाँटकाँट नदेखिएको विष्टको भनाई छ । फर्म मालिक र कामको जिम्मा पाएका राम वहादुर विष्ट र नररी थपलिया दुवै सम्पर्क विहीन अवस्थामा छन् । त्यसै गरि पहीलेको हिम्डुङ ठोक्कर काठमाण्डौको फर्मको काम समेत पुरा नभएको सडक डिभिजन कार्यलय चौहरजारि जनाएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website