एनसेलको मारमा सल्यान पश्चिमका सेवाग्राही
सल्यानको पश्चिम क्षेत्रमा एनसेल सिम प्रयोगकर्ताहरु मारमा परेका छन् ।
नेपाल दुरसञ्चारले यस क्षेत्रमा सेवा प्रवाह नगर्दा एनसेलको भर परेका स्थानीयलाई उक्त सेवा प्रदायीक कम्पनीले पटक पटक ठग्दै आएको छ । १ महिना अघि देखि एनसेलको नेटवर्कमा खरावी हुदाँ समेत समस्या समाधानतर्फ ध्यान नदिएको सेवाग्राहिहरुले दुखेसो गरेका छन् । यस क्षेत्रमा एलसेलका प्रयोगकर्ता धेरै रहेका छन् । एनसेलबाट फोन गर्दा कुरा नवुझिने र पैसा काटीहाल्ने भएकाले नागरिकलाई लुटिरहेको स्थानीयको दुखेसो छ । एनसेलको कस्टमर केयर सेन्टरमा गुनासो गर्दा समेत सेवा सुधारमा उक्त कम्पनीले चासो नदिएको सेवाग्राहीहरुले वताउने गरेका छन् ।
पछिल्लो समयमा एलसेलले दुख दिएको,नेटवर्क देखाउने,कनेक्ट हुने तर कुरा नवुझिने,अट्केर आवाज आउने,नेटले काम नगर्ने जस्ता समस्या आउने थालेका हुन । सेवा सुधार हुनुको साटो दिन प्रतिदिन एनसेलको नेटवर्कमा समस्या थपिदै गएको छ । सल्यान पश्चिम र सुर्खेतको उत्तर पुर्वि क्षेत्रमा एनसेलको नेटवर्कमा समस्या हुदाँ यहाँ जनता आजित भएका छन् ।