जिल्ला समन्वय समिती सुर्खेतको बैठक कोटको थुम्कामा

  ८ बैशाख २०७६, आईतवार ११:४७

 दुर्गा वि.सी.
सुर्खेतको सिम्ता गाउँपालिका वडा ४ वजेडिचौरमा रहेको कोटको थुम्कोमा जिल्ला समन्वय समिती सुर्खेतको बैठक वसेको छ । कोटको थूम्का प्रचार प्रसार र यसको प्रवद्धनका लागि आयोजना गरिएको बैठकमा लैङ्गीक हिंसा न्युनिकरण गर्ने,स्थानीय तहमा हुने गरेका कामकाजलाई प्रभावकारि वनाउने,स्थानीय तहबाट हुने विभिन्न नागरिकता लगाएतका सिफारिस र जिल्लामा विद्युतीकरणका कुरालाई समावेसिकताका आधारमा अघि वढ्ने निर्णय गरिएको छ ।
जनतासँग सिम्ता गाउँ पालिका अन्र्तगत बैठकको लागि कोटको थुम्को आईपुगेका अतिथीलाई गाउँपालिकाले मायाको चिनो समेत प्रदान गरेको छ । त्यसै गरि सिम्ताका पर्यटकिए क्षेत्र कोटका थुम्का,भोटेचुली,तामाचुली,मालिका धुरि,राजकोट दरबार,राकम भेरि किनार शिव मन्दीरको घुम्ती मोड लगाएतका स्थानलाई पर्यटकि गुर योजना निर्माण गर्ने विषयमा छलफल भएको छ । बैठकमा जिल्ल समन्वय समिती सुर्खेतका प्रमुख छविलाल सिग्देल,लेकवेसि नगरपालिकाका प्रमुख गगन सिं सुनार,भेरिगंगा नगरपालिकाका प्रमुख भुपेन्द ्रचन्द,बराताल गाउँपालिका अध्यक्ष तेज वहादुर वस्नेत,पञ्चपुरि नगरपालीकाका उप प्रमुख मुक्ती देवि रेग्मी,जिल्ला प्रहरि प्रमुख बसन्त रजौरे,ससस्त्र प्रहरि प्रमुख राज कुमार राय लगाएतका प्रमुख व्यत्तित्वहरुको उपस्थिती रहेको थियो । सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ ।
विशेष गरि सिम्ता क्षेत्रका पर्यटकिए क्षेत्रका संरक्षण, प्रवद्धन,विकासमा काम गर्ने गुरु योजना तय गरिएको छ । साथै बैठकमा उपस्थिती स्थानीय तहका प्रमुख,उप प्रमुख विचमा अनुभव आदान प्रदान र आगमी दिनमा कसरि अघि वढेर नयाँ काम गर्न सकिन्छ भनेर छलफल समेत चलाएको थियो ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website