प्रथम नगर पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड
प्रथम नगर पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आज देखि सल्यान खलङ्गामा सुरु भएकोछ।शारदा नगर पालिकाको आयोजनामा र जिल्ला खेलकुद बिकास समितिको सह आयोजनामा प्रतियोगिता हुन लागेकोहो।नगर भित्रका डेढदर्जन सरकारी र निजि माबी हरुले प्रतियोगितामा भाग लिएकाछन।
दुई दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन शानपा प्रमुख शुरेश अधिकारिले गर्नुभएकोहो।उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारिले खेलकुद रास्ट्र निर्माणको एउटा अङ्ग भएको भन्दै स्वस्थ र उर्जाशिल व्यक्तित्व निर्माणमा यस्को महत्वपुर्ण भुमिका रहने उल्लेख गर्नुभयो।उहाले समाजलाइ एकेवद्ध गर्न खेलकुद अपरिहाॠ रहेको भन्दै अनुशासित भएर खेल्न सवै खेलाडी हरुलाइ अनुरोध गर्नुभयो।
कार्यक्रममा बोल्दै शानपा उप प्रमुख साबित्रा बस्नेतले खेलकुदमा मित्रवत प्रतिश्पर्धा हुने भन्दै यो भावनाको बिकाशले समाज लाई पनि सुन्दर बनाउन प्रेरित गर्ने धारणा राख्नुभयो।
शारदा नगर पालिकाका शिक्षा प्रमुख वीर बहादुर सेजवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शानपा १५ नम्बर वडाका अध्यक्ष हिमेन्द्र बाबू सेजवालले स्वागत मन्तव्य राख्नुभएकोथियो।
कार्यक्रममा शानपाका प्रमुख प्रशासकिय अधिकृत कृश्न बहादुर शाही,१५ वटै वडाका अध्यक्ष हरु,जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय सिङ्ह,सम्बन्धित माबिका प्रअ,प्रशिक्षक,खेलाडी हरु र सर्वसाधारण हरुको उपस्थिती थियो।















