सल्यानमा वडा अध्यक्ष संग नाम जोडीएकी महिलाद्वारा विष सेवन, आफु निर्दोश रहेको दाबी ।

  २१ असार २०७७, आईतवार २०:३२

खबर टक डेस्क, असाढ/२१   त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष संग नाम जोडीएकी महिलाले विष सेवन गरेकी गरेकी छन् ।
आफु निर्दोश रहेको र स्थानियहरुले आफुलाई घर घेर्ने, ढुङ्गा मुडा गरेर आफुलाई मानसिक रुपमा तनाब दिए पछि आफु विष पिउन बाध्य भएको जानकारी दिएकी छन् ।

स्थानिय यूवाले पटक पटक फोन गरेर घरमा नै आएर ढुङ्गा मुडा गरीसकेपछि आफुले वडा अध्यक्ष लाई फोन गरेर सहयोग माग्दा आफु माथि गलत आरोप लगाएको बताइन् । करीब ८ः४५ बजे आफु वडा कार्यालयमा सहयोग माग्न गएको र वडा अध्यक्ष संग कुरा भइरहेको समयमा स्थानिय यूवाहरुले आफुहरुलाई ढुङ्गा मुडा गरेको र आफुले न्याय माग्न जादाँ आफुलाई र वडा अध्यक्षलाई गलत आरोप लगाई चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लागएकी छन् । आफ्नो घरबार बिगार्न र वडा अध्यक्षलाई पद बाट हटाउन स्थानिय केहि ब्यक्तीहरु लागेको भन्दै आफुलाई समेत वडा अध्यक्षको विरुद्घमा बोल्न दबाब दिएकोले उनिहरुको नियत माथि ति महिलाले शंका गरेकि छन् ।

सल्यान अस्पातालमा उपचारकै क्रममा पत्रकारहरु संग बोल्दै ति महिलाले आफुलाई सामाजीक रुपमा बदनाम गर्रिएको, परिवारका सदस्यहरुलाई दबाब दिएर खाना खान, घरमा बास बस्न नदिने जस्ता क्रियाकलापका कारण विष सेवन गर्न बाध्य भएको बताएकी छन् । निर्दोश रहेका वडा अध्यक्षलाई फसाउनको लागि आफुलाई बदनाम गराउने ब्यक्तीहरुलाई कारबाहिको लागि माग गरेकी छन् । यता जिल्ला प्रहरी कार्यालयले विष सेवन गरेको थाहा पाएर उपचारको लागि अस्पताल ल्याएको र घटना बारे अनुसन्धान भइरहेको जानएको छ ।

One thought on “सल्यानमा वडा अध्यक्ष संग नाम जोडीएकी महिलाद्वारा विष सेवन, आफु निर्दोश रहेको दाबी ।
  1. Ganesh raj Hamal says:

    दोसिलाई कडा कार्बाही हुनुपर्छ

Submit reply to Ganesh raj Hamal Cancel reply

Comment *
Your Name *
Email *
Website