जिल्ला समन्वय समिती सुर्खेतको बैठक कोटको थुम्कामा
सुर्खेतको सिम्ता गाउँपालिका वडा ४ वजेडिचौरमा रहेको कोटको थुम्कोमा जिल्ला समन्वय समिती सुर्खेतको बैठक वसेको छ । कोटको थूम्का प्रचार प्रसार र यसको प्रवद्धनका लागि आयोजना गरिएको बैठकमा लैङ्गीक हिंसा न्युनिकरण गर्ने,स्थानीय तहमा हुने गरेका कामकाजलाई प्रभावकारि वनाउने,स्थानीय तहबाट हुने विभिन्न नागरिकता लगाएतका सिफारिस र जिल्लामा विद्युतीकरणका कुरालाई समावेसिकताका आधारमा अघि वढ्ने निर्णय गरिएको छ […]
बनगाड कुपिण्डे नगरका निमावि विद्यालयहरु बन्द हुने अवस्थामा
सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका निमावि सञ्चालन हुदै आएका विद्यालयहरु आर्थिक अभावमा वन्द हुने अवस्थामा पुगेका छन् । नगरका ८ वटा कक्षा १ देखि ८ कक्षा सम्म सञ्चालन भएका विद्यालय शिक्षकलाई तलव खुवाउन नसकेका कारण वन्द हुने अवस्थामा पुगेका छन् । कक्षा ८ सञ्चालन भैरहेका विद्यालयहरु शिक्षकलाई तलवको जोहो हुन नसक्दा कक्षा ५ मा झर्ने […]
एनसेलको मारमा सल्यान पश्चिमका सेवाग्राही
सल्यानको पश्चिम क्षेत्रमा एनसेल सिम प्रयोगकर्ताहरु मारमा परेका छन् । नेपाल दुरसञ्चारले यस क्षेत्रमा सेवा प्रवाह नगर्दा एनसेलको भर परेका स्थानीयलाई उक्त सेवा प्रदायीक कम्पनीले पटक पटक ठग्दै आएको छ । १ महिना अघि देखि एनसेलको नेटवर्कमा खरावी हुदाँ समेत समस्या समाधानतर्फ ध्यान नदिएको सेवाग्राहिहरुले दुखेसो गरेका छन् । यस क्षेत्रमा एलसेलका प्रयोगकर्ता धेरै रहेका […]
बन्दले सल्यानको जनजिवन प्रभावित
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । सरकारले आफुहरुमाथि दमन गर्न खोजेको आरोप र आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै बिहीबार बन्दको आब्हान गरेको हो । सल्यानमा बन्दको प्रभावले लामो तथा छोटो दुरिका सवारीसाधनहरु सञ्चालन हुन सकेका छैनन् जसले यात्रुहरु एकठाउँबाट […]










